इटालीको मिलान शहरमा दशैको टीका सम्पन्न......!
नेपाल मितेरी मन्च मिलानको आयोजनामा बडादशै कार्यक्रम २०१९ भब्य रुपमा सम्पन्न भएको थियो दशमीको पूजा सगै सुरु भएको उक्त कार्यक्रममा मान्यजनहरुबाट टिका जमरा साथै आशिस थापियो गत साल जस्तै उल्लेखिय रुपमा इटालियन तथा इटालियन बिद्यार्थीहरु र मिलान बहिराबाट टोरिनो, भारजेबाट पनि दशै मनाउन उपस्थित जनाएका थिए । सयोजकहरु अन्नपूर्ण न्यौपाने, बिना मगराती, दिर्घ थापा रहेका थिए र औपचारिक कार्यक्रम मन्चका उपाध्यक्ष दिर्घ थापाको सभापतित्वमा शुभकामना आदनप्रदानका साथै समाजसेवी कृष्ण न्यौपाने, मिला थोकर, एन आर एन ए उपाध्यक्ष आइ पि सुबेदीले शुभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो । यसैक्रममा यस्पाली एन.आर.एन. इटालीका लागि मिलानोको तर्फबाट बाट प्रतिनिधित्व गर्नु हुने उपाध्यक्ष छबिलाल कडेल, उपाध्यक्ष आइ. पि. सुबेदी, महासचिब भवेस कुमार सिङ, कोषाध्यक्ष अशोक उप्रेती, सदस्य युवा प्रतिनिधि अर्जुन गौतम, सदस्यहरुमा कृष्ण सुबेदी र नारायण लामिछानेलाई सम्मान गरिएको थियो । कार्यक्रम सन्चालन मन्चका सचिव निल गुरुङले सन्चालन गर्नु भएको थियो भने सास्कृतिक कार्यक्रम सन्चालन प्रदिप आचार्यले गर्नुभएको थियो ।
र कार्यक्रममा उपस्थित भइ भब्यरुपमा सफल बनाइदिनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद तथा टिमका भोलन्टियर साथीहरुलाई खाना र एन्तिपस्तोमा र पुरै कार्यक्रममा सहयोग गर्नुहुने सबैलाई र ट्रन्स्पोटेसनमा सहयोग पुर्याउने अनिल भाईलाई मन्चको तर्फबाट धेरै धेरै धन्यवाद छ ।
भाग्यशाली चिट्ठा उपहार योजनामा (Lucky Drwa) प्रथम पुरस्कार मोबाइल टिकाट न. २७९ नाम बिल्लु, दित्तिय पुरस्कार भित्ते घडी ठुलो टिकाट न. २३० नाम देबी गुरुङ र त्रितिय पुरस्कार भित्ते घडी सानो टिकाट न. २३१ नाम फ्रङ्को जित्न सफल हुनेलाई बधाई र दुईवोटा घडी प्रायोजन गर्नुहुने बिना मगराती र बालबालिकाहरुका लागि गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने दिर्घ थापालाई पनि धन्यवाद ।






































Comments

Popular posts from this blog