अबस्था हैन बिकल्प खोजौं......!
इटालीको लोम्बार्डिया क्षेत्र कोपडोनियो ठाउँबाट ३८ बर्षीय युवामा सुरुमा सामान्य रुघाखोकीबाट संक्रमित भै फैलिएको कोरोना भाइरस अहिले संसारभर महामारी रुपमा फैलिदै गएको र सबैभन्दा बढ़ी संक्रमित देश इटाली रहेको छ। हिजो सम्मको तथ्यांक हेर्ने हो भने मर्नेको संख्या ३४०५ पुगेको छ। अझै बढ़ने क्रम जारी छ घट्ने त कुरै छैन।

अब यहांको अबस्थालाई हेर्दा मार्च १२ देखि लोम्बार्डिया क्षेत्रलाई लकडाउन रेडजोन तोकिए पनि संक्रमित झन बढ्दो देखिएपछि लगत्तै ३/४ दिनपछि पुरै इटालीलाइ नै लकडाउन तथा रेडजोन घोषणा गरे। अप्रिल ३ तारीखसम्म भनेको अप्रिल ३ पछि पनि लकडाउन गर्ने खबर आइसकेको छ। सेल्फ क्वारेंटाइनका लागि घरमै बस्ने यहाँको सरकारले आग्रह गरे तापनि सार्बजनिक सवारी साधानहरु पूर्णरूपमा चलिरहेको र काम भएको ब्यक्ति बहिरा निस्कने अवात जवात गर्न पाउने भएको छ यो अवस्था चै मिलान शहरको म बसेको ठाउँ वरिपरिलाइ नियाल्दै गर्दा देखिएको अनुभहरु हुन।
नेपालीहरुको अबस्थालाइ हेर्दा नेपाली
दुताबास स्विट्जरल्याण्डको तथ्याङ्क १७३२ भनेर आयो र केहि दिन लगत्तै डी सी
नेपालले लगभग १४०० भनेर आयो यो आधिकारिक तथ्याङ्क आ-आफ्नै हिसाबले दिने
रैछ की म मितेरी मंच मिलानको सचिबको नाताले मसग नै मिलानोको यकीन
तथ्याङ्क छैन किनभन्दा बर्षेनी नया थपिने र इटाली छोड़ने क्रम जारी छ।
मिलानो लगाएत इटाली भरिका नेपालीहरुको अबस्था यकिनका साथ ठोकूवाका साथ
यस्तै छ भन्ने स्थिति नै छैन किनभने आधिकारिक रुपमा सम्बंधित निकायद्वार
कुनै किसिमको अपडेट छैन। सबैतिर त्रास फैलिएको छ। संक्रमण भएको २/३ हफ्तामा
देखिने भएकोले मै संक्रमित छकी छैन भन्ने यकीन हुदैन।
भोलिको
दिनमा नेपालीहरुमा संक्रमित भएमा बिकल्पहरु के हुनसक्छ नेपाल सरकारद्वार
कुनै प्रकारको सहानुभूति ब्यक्त नभएको अबस्थामा नेपालीहरु झन बढी तनावमा
छन। सम्बंधित निकयाहरुको के धारणा छ बिकल्प के हुनसक्छ। त्यसैले संपूर्ण
इटालीबासी नेपालीहरुको अबस्थालाइ ध्यानमा राखेर कुनै बिकल्पहरु खोजौं
साथीभाई सबैलाई मेरो आग्रह छ।
Comments
Post a Comment